प्रधानमन्त्री देउवाको डडेल्धुरामा मतगणना शुरु



डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको छ ।

दिउँसो साढे तीन बजेदेखि मत गन्न शुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो ।

जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवासहित ७ जना चुनावी मैदानमा छन् । यो क्षेत्रमा स्वतन्त्रबाट युवा सागर ढकाल पनि उम्मेद्वार छन् ।


क्लिकमान्डु