विनोद चौधरी र हृदयेश त्रिपाठीको क्षेत्र नवलपरासी सुस्ता पश्चिममा मतगणना शुरु



काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी चुनाव लडेको नवलपरासी वर्दघाट सुस्ता पश्चिमको मत गणना शुरु भएको छ ।

२ बजेर ४५ मिनेट जाँदा मतगणना शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका चौधरी कांग्रेस नेतृत्वको पाँच दलिय गठबन्धनका उम्मेद्वार हुन् भने जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी एमालेसँगको गठबन्धनका उम्मेद्वार हुन् ।

पाँच पटक निर्वाचित भएका त्रिपाठीसँग पहिलोपटक उम्मेद्वार बनेका चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन् । जसकारण यो क्षेत्रलाई पनि जनताले विषेश चासोका साथ हेरेका छन् ।


क्लिकमान्डु