भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै, महेश बस्नेत दोस्रा‍े‍मा



काठमाडौं । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ४३२ मतान्तरले अग्रता लिएका छन् । थापाले यो समाचार तयार पार्दासम्म ४ हजार ११३ मत पाएका छन् भने बस्नेतले ३ हजार ६८१ मत पाएका छन् । जनता समाजवादीका दिल बहादुर तामाङ तेस्रो स्थानमा रहेका छन् । अहिले मतगणना जारी रहेको छ ।

निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।


क्लिकमान्डु