डा. शेखर कोइराला ४४ प्रतिशत मत पाएर निर्वाचित हुने एक्जिट पोल



काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइराला विजयी हुने एक्जिट पोल सार्वजनिक भएको छ ।

निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले काँग्रेसका कोइरालाले ४४ प्रतिशत मतसहित निर्वाचित हुने प्रक्षेपण गरेको छ । उक्त क्षेत्रमा मतदान गरेका मतदातासँगको कुराकानीका फ्याक्टसले यस्तो प्रक्षेपण गरेको जनाएको छ ।

कोइरालाले निकटतम प्रतिस्पर्धि नेकपा एमालेका लाल बाबु पण्डितले ३० प्रतिशत मत पाउने र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले १५ प्रतिशत मत पाउने आकलन गरिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधानले ३ र अन्यले ८ प्रतिशत मत पाउने आकलन गरिएको छ ।


क्लिकमान्डु