के ट्रम्प ट्विटरमा पुनः आउन लागेका हुन् ?



एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा पुनः आउन सक्ने सम्भावना बढेको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पलाई ट्विटरलाई फिर्ता ल्याउने वा नल्याउने भन्ने विषयमा अनलाइन पोल गरेका छन् ।

यसअघि ट्विटरमा प्रतिबन्ध लागेका चर्चित व्यक्तिहरु काथ्ले ग्रिफिन, गोर्डन पिटरसन र बेबिलोन बिजस्ता एकाउन्टहरुलाई मस्कले ट्विटरको स्वामित्व लिएपछि प्रतिबन्ध हटाइएको छ ।

मस्कले शनिबार ट्रम्पलाई ट्विटरमा फर्काउन हुने वा नहुने भन्ने विषयमा गरेको पोलमा पनि उनलाई फिर्ता ल्याउनुपर्ने विषयमा बढी भोट भएको छ । उनलाई फिर्ता ल्याउनुपर्ने भन्ने विषयमा कुल १ करोड ५० हजार जनामध्येबाट ५१.८ प्रतिशतले भोट गरेका छन् ।

तर, मस्कले यो विषयमा हालसम्म कुनै निर्णय नभएको जनाएका छन् । यद्यपि मस्कले गरेको पोल र त्यसमा आएको समर्थनले गर्दा ट्रम्प पुनः ट्विटरमा फर्किएर आउन सक्ने देखिएको छ ।

ट्रम्पलाई २०२१ मा अमेरिकाको संसद क्यापिटल हिलमा भएको हिंसापछि उनले ट्विटरमार्फत आन्दोलन गर्ने प्रदर्शनकारीहरुलाई क्रान्तीकारी भन्दै समर्थन गरेका थिए । त्यसपछि उनको ट्विटर एकाउन्टलाई सधैंका लागि ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो ।

मस्कले भने ट्रम्पसँग सम्बन्धित पोल गर्दै ट्विटरले कुनै निश्चित ट्विटलाई हटाउन सक्ने बताउँदै व्यक्तिको पुरै एकाउन्टलाई नहटाइने जस्ता कुराहरु पनि बर्ताका छन् ।

उनले आफूले अभिव्यक्ति स्वतन्त्रताको पनि समर्थन गर्ने भएको बताएका कारण धेरैले ट्रम्प पुनः ट्विटरमा फिर्ता आउन सक्ने अनुमान लगाएका छन् ।


क्लिकमान्डु