अहिलेसम्म ३२ प्रतिशत मत खस्यो: निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत अहिलेसम्म देशभर ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार बिहान ७ बजेदेखि शुरु भएको मतदानमा मध्याह्न १२ :४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान भएको भएको आयोगले जानाएको छ ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभर केही मतकेन्द्रमा छिटपुट घटना बाहेक उत्साहजनक रुपमा मतदान भइरहेको बताए ।

‘देशैभरि सामान्य छिटपुट घटनाबाहेक उत्साहजनकरुपमा मतदान कार्य भइरहेको छ,’ उनले भने । बिहान अपेक्षाकृत मतदान नभए पनि अहिले भने बढेको उनले बताए ।

आयोगले कतिपय ठाउँमा विभिन्न विषयमा विवाद हुँदा केहीबेर मतदान रोकिए पनि पुनः मतदान सुरु भइसकेको जनाएको छ


क्लिकमान्डु