प्रभु बैंकको लाभांश ५ वर्ष यताकै कम, कुन वर्ष कति दियो ?



काठमाडौं । प्रभु बैंकले यसपटक ५ वर्ष यताकै कम लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत (बोनस ६.५ र नगद १.५ प्रतिशत) लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको थियो ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १६.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १६ प्रतिशत र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७६/०७७ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

यस्तै आव २०७७/०७८ मा भने बैकले १२.६३ प्रतिशत लाभांश दिएको थियो । उक्त लाभांशमा बोनस सेयर १२ प्रतिशत रहेको थियो भने ०.६३ प्रतिशत नगल लाभांश रहेको थियो ।

उक्त लाभांश बैंकले कर प्रयोजनका लागि दिएको थियो । बैंकले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्ताव गरेको ८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउँनेछन् ।


क्लिकमान्डु