एनसीसी बैंकका सीईओको तलब भत्ता १ करोड ३२ लाख, सञ्चालकले कति लिए ?



काठमाडौं । एनसीसी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ३२ लाख रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई उक्त रकम तलब भत्ता दिएको जनाएको छ । बैंकका सीईओ रमेश अर्याल छन्।

यस्तै बैंकले अन्य कार्यकारी पदाधिकारी र व्यवस्थापकहरुलाई ३ करोड २४ हजार ९०५ रुपैयाँ दिएको छ ।

बैंकले सञ्चालकहरूलाई वार्षिक साधारण सभाको निर्णय एवं नेपाल राष्ट्र बैङ्कको स्वीकृति बमोजिम प्रत्येक बैठक भत्ता बापत अध्यक्षलाई १६ हजार र सञ्चालकलाई १४ हजार रुपैयाँ दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्ता बापत १ करोड १७ लाख ५९ हजार ५९३ रुपैयाँ दिएको छ । जसमा बैठक भत्ता बापत ५८ लाख ५० हजार रुपैयाँ र अन्य खर्च बापत ५९ लाख ९ हजार ५९३ रुपैयाँ दिएको छ ।

बैंकले बैठक भत्ता बाहेक सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई टेलिफोन तथा पत्रपत्रिकाका लागि मासिक ८ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।


क्लिकमान्डु