माउन्टेन इनर्जीले १०.५२ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयर लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । लाभांश घोषणा गरेको कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीको साधारणसभा भने पुस ८ गते हुने छ । मंसिर २६ गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।


क्लिकमान्डु