एलआईसी नेपाल ५९ लाख २९ हजार नोक्सानमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ५९ लाख २९ हजार ८३३ रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

गत आवको सोही अवधिमा इन्स्योरेन्सले ३ करोड १९ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको सोही अवधिको तुलनामा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम बढेका कारण कम्पनी नोक्सानीमा गएको हो।

यस अवधिमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाको लागि ५ करोड ५७ लाख १९ हजार रुपैयाँ छुट्याएको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले नोक्सानी व्यवस्थाका लागि १ करोड ६ लाख १८ हजार रुपैयाँ मात्रै छुट्याएको थियो ।

कम्पनी नोक्सानमा जाँदा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी समेत ऋणात्मक भएको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ०.२२ रुपैयाँ ऋणात्मक रहेको छ ।

पहिलो त्रैमासमा साढे ४ अर्ब खुद बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले चालु आवको असोज मसान्तसम्ममा ४ खर्ब ४९ करोड ४९ लाख १९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो ।

कम्पनीले गत आवको यसै अवधिको तुलनामा १४.०४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ५ अर्ब २२ लाख ८९ लाख ३० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट २५ लाख ३० हजार रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ४ करोड ११ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ४ करोड २८ लाख रुपैयाँ आम्दनी गरेको छ ।

कम्पनीले ४ हजार ५२१ वटा दाबी बापत १ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३७ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा ३५ करोड ६६ लाख रुपैयाँ खर्चेको छ ।

चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६० करोड ९७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ९७ अर्ब ५० करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।


क्लिकमान्डु