सीजी एग्रोले सुरु गर्यो नानो युरियाको बिक्री



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नानो युरियाको बिक्री सुरु गरेको छ ।

नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन भारतको इन्डियन फार्मर फर्टिलाइजर कम्पनीले उत्पादन गरेको सीजी इफ्को नामको नानो युरिया मल किसानको सहज पहुँचका लागि नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ।

सीजी इफ्को नानो युरिया तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु फलफूल साथै अन्य सबै बाली तथा बोटबिरूवामा प्रयोग गर्न सकिने छ । नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल हो । यसले विरूवाको उचित विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्व नाईट्रोजन प्रदान गर्दछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातबाट छर्कन सकिने कम्पनीले जनाएको छ।

नेपालमा हरेक वर्ष रासायनिक मलको अभाव हुने गर्छ ।उक्त समस्याको न्युनिकरण गर्ने तथा किसानको आय बढाउन दीर्घकालिन योजनाको रूपमा नानो युरिया ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले नानो युरियाको प्रयोगले बजारमा रासायनिक मलको अभाव हट्ने दाबी गरेको छ ।

परम्परागत दानादर युरियालाई माटोमा छर्कने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाई बिरूवाको पातमा छर्कन सकिन्छ । २–४ मिलिलिटर नानो युरियालाई १ लिटर पानीमा छर्न सक्नेछ । बिरुवाको बृद्धि हुने महत्वपुर्ण चरणहरुमा छर्किएपछि विरुवाको कोषहरुद्धारा चाडै सोस्ने गर्दछ ।

परम्परागत रसायनिक युरिया ७० प्रतिशत भन्दा बढि विभिन्न माध्यमबाट नष्ट हुने गर्दछ । यसको लामो समय प्रयोग कारण माटोमा अम्लियपना पनि हुन पुग्ने कम्पनीको भनाइ छ ।

नानो यरिया तरल परम्परागत रसायनिक युरियाको तुलनामा माग आधाले घटाउने कम्पनीको दाबी छ । कम्पनीअनुसार १ बोरा (५० किलो) परम्परागत युरिया ५०० मिलि नानो युरिया बराबर हुन्छ ।

नानो युरिया वातावरण मैत्री, परम्परागत युरिया भन्दा सस्तो, स्वास्थ वातावरण, माटोको गुणस्तर र बढि उत्पादनका लागी उपयुक्त हुनुका साथै यसको प्रयोगले माटो, हावा र पानीमा नकरात्मक प्रभाव नपर्ने कम्पनीले जनाएको छ ।

१ लिटर सफा पानीमा २ देखी ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिनेछ । राम्रो परिणामको लागी बालीनाली लगाएको ३० देखी ३५ दिन पछि र फूल फुल्ने एक हप्ता अघि दुई पटक छर्किनु पर्ने र प्रयोग गर्नु अघि बोतल राम्रो सँग हल्लाउनुपर्नेछ ।

त्यस्तै , छर्कदा मास्क र पन्जा लगाउनुपर्नेछ। यसलाई सामान्य तापक्रममा भन्डारण गर्न सकिन्छ । सामान्यतया ५०० मिलि नानो यरिया एक एकड क्षेत्रमा स्पेयर, ड्रोन, पावर स्प्रेयर आदिमार्फत् स्प्रे गर्न पर्याप्त हुनेछ ।

चौधरी ग्रुप तथा इफ्को इन्डियाबीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यस साझेदारी नेपालमा नवीनतम कृषि प्रविधि र विकास ल्याउन (इफकोको समन्वयमा) केन्द्रित रहनेछ । साझेदारी पत्रमा चौधरी ग्रुप तथा इफ्को इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु