गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाटबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु