राष्ट्र बैंकले ३० अर्बको सोझै खरिद गर्न सकिने ट्रेजरी बिल्स जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोझै खरिद गर्न सकिने ३० अर्ब रुपैयाँको ट्रेजरी बिल्स जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ चैत मसान्तसम्म भुक्तानी मिति भएको ३० अर्बको ट्रेजरी बिल्स जारी गर्न लागेको हो ।

यसको नाम सोझै खरिद बोलकबोल रहेको छ । उक्त ऋणपत्रको आज २ बजेसम्म बोलकबोल गर्न सकिने छ । उक्त बिल्स शुक्रबार खरिद गर्न सकिने छ ।

राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको टे«जरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । जस्तै १०० रुपैयाँको ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोलमा संलग्न काउण्टर पार्टीले २०७९ कात्तिक २४ गते बिहीबार दिनको २ः१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ ।

तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने छ ।


क्लिकमान्डु