एक वाणिज्य बैंकसहित ९ कम्पनीले बोलाए साधारणसभा, २ बीमा कम्पनीले बनाए हात खाली



काठमाडौं । पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीले धमाधम वार्षिक साधारणसभाको घोषणा गरिरहेका छन् ।

अहिले एउटा वाणिज्य बैंक, ५ वटा बीमा कम्पनीसहित ९ वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् ।

मिति तय गर्नेमा एनसीसी बैंक, ज्योति लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, एनसीसी बैंक, नेपाल लाक्ष्फ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, नेपाल इन्फ्रास्टक्चर बैंक, नेशनल लाइफ इन्स्योरेन्स र सोल्टी होटल रहेका छन् ।

९ वटा कम्पनीमा २ वटा बीमा कम्पनीले लगानीकर्ताको हात खाली बनाउने भएका छन् भने बाँकी कम्पनीले लगानीकर्तालाई लाभांश दिने भएका छन् ।

लगानीकर्ताको हात खाली बनाउने कम्पनीमा ज्योती लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । अन्य कम्पनीले भने लाभांश दिने भएका छन् ।

ज्योती लाइफ इन्स्योरेन्सले कात्तिक २८ गतेका लागि पाचौं वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि असार १३ गते बुक क्लोज गरिसकेको छ । सूर्या लाइफले कात्तिक २८ गते १४ औं सभा बोलाएको छ । त्यसका लागि असार १३ गते बुक क्लोज गरेको छ । यी दुवै कम्पनी मर्जरमा जानका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

यस्तै अजोड इन्स्योरेन्सले मंसिर ९ गतेका लागि विशेष सभा बोलाएको छ । कम्पनीले सेयर स्वामित्व परिवर्तन, कुनै निर्जीबन बीमा कम्पनीसँग मर्जरमा जाने प्रस्ताव रहेको छ । त्यसका लागि मंसिर २ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

अरुण काबेलीले कात्तिक ३० गतेका लागि १२ औं सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । कात्तिक १८ गते बुक क्लोज भइसकेको छ । १७ गतेसम्म कायम रहेका लगानीकर्ताले सभामा भाग लिने पाउनेछन् ।

एनसीसी बैंकले मंसिर २ गतेका लागि २५ औं सभा बोलाएको छ । त्यसका लागि कात्तिक १५ गते बुक क्लोज गरिसकेको छ । १४ गतेसम्म कायम रहेका लगानीकर्ताले सभामा भाग लिन पाउनेछन् ।

बैंकले सेयरधनीहरुलाई आव २०७८/०७९ को मुनाफाबाट ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

मंसिर ८ गते नेपाल लाइफ इन्स्योरेन्सले २२ औं सभा बोलाएको छ । कम्पनीका सभाका लागि कात्तिक १७ गते बुक क्लोज गरेको छ । आव २०७७/०७८ को मुनाफाबाट १५.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंकले मंसिर १० गतेका लागि चौथो सभा बोलाएको छ । त्यसका लागि मंसिर १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले २०७८/०७९ को मुनाफाबाट ४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं सभा मंसिर १८ गतेका लागि बोलाएको छ ।

सभाका लागि भन्दै मंसिर ८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आव २०७७/०७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यता सोल्टी होटलले ४८ औं सभा पुस २८ गतेका लागि बोलाएको छ । सभाका लागि पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ५ प्रतिशत बोनस र २१.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु