मध्यम धानको मूल्य प्रतिक्विन्टल ३१२८ रुपैयाँ, २२६ रुपैयाँले बढ्यो



काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । सरकारले कात्तिक १६ गतेको निर्णयानुसार आर्थिक वर्ष २०७९/८० का लागि मोटा धान र मध्यम धानको समर्थन मूल्य तोकेको हो ।

सरकारले मोटा धानको न्यूनतम मूल्य प्रतिक्विन्टल २९ सय ६७ रुपैयाँ तोकेको छ । गत वर्ष उक्त धानको मूल्य २७ सय ५२ रुपैयाँ तोकेको थियो । सरकारले यो वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २१५ रुपैयाँ बढाएको छ ।

त्यस्तै, सरकारले मध्यम धान प्रतिक्विन्टल ३१ सय २८ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । गत वर्ष मध्यम धानको मूल्य ३१ सय २८ रुपैयाँ तोकेको थियो । जसमा यो वर्ष सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २२६ रुपैयाँले बढाएको छ ।

न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था छ । यसैगरि, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन कार्य भइरहेको कृषि, पशुपन्छी तथा विकास मन्त्रालयले जनाएको छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ ।

गत वर्ष यस कार्यक्रमअनुसार करिव ९ हजार मेट्रिक धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।


क्लिकमान्डु