एक सातामा बैंकमा थपियो २१ अर्ब ४५ करोड निक्षेप



काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपिएको छ ।

बैंकर्स संघका अनुसार एक साताको अवधिमा निक्षेप २१ अर्ब ४५ करोड रुपैयाँले बढेर ४५ खर्ब ४५ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कात्तिक ११ गतेसम्म प्रणालीमा ४५ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

एक सातामा बैंकिङ प्रणालीमा निक्षेप बढ्दा कर्जा लगानी भने सुस्त देखिएको छ । एक साताको अवधिमा कर्जा लगानी १ अर्ब २५ करोड रुपैयाँले घटेको छ ।

गत साता २६ वटा वाणिज्य बैंकले ४२ खर्ब २५ अर्ब ४१ करोड कर्जा लगानी रहेकोमा कात्तिक १८ गतेसम्म ४२ खर्ब २४ करोड रुपैयाँ पुगेको छ । संघका अनुसार कात्तिक १८ गतेसम्म बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८७.२१ प्रतिशत रहेको छ ।


क्लिकमान्डु