प्रचण्ड पत्नी सीताको अवस्था गम्भीर, एनआईभीमा राखेर उपचार हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भनर्ना गरिएको छ ।

दाहाललाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखेर उपचार भइरहेको छ ।

गत सातामात्र १५ दिन लामो अस्पताल बसाइपछि उनलाई घर ल्याइएको थियो ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि जटिल प्रकारको ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट पीडित छन् । यसको उपचारका लागि प्रचण्ड परिवारले उनलाई भारत, अमेरिका, सिंगापुर लगायतका देशमा लगेको थियो । तर खास सुधार भने हुन सकेको छैन ।

चिकित्सकका अनुसार यो रोग पूर्णरुपमा निको हुँदैन । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।


क्लिकमान्डु