एशियन लाइफका बीमितलाई व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशत ब्याज छुट



काठमाडौं । एशियन लाइफका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा बिलम्ब शुल्क (ब्याज) छुट पाउने भएका छन् ।

इन्स्योरेन्सले कम्पनीबाट जारी भएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण २०७७ कात्तिक २० गतेदेखि व्यतित भएका बीमालेखहरु पु्नर्जारण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।

कम्पनीकाअनुसार २०७९ कात्तिक २१ गतेदेखि २०७९ मंसिर २१ गतेभित्र पुनर्जागरण गर्ने बीमितहरुले बिलम्ब शुल्क (ब्याज) मा उक्त छुट पाउनेछन् ।

२०७९ कात्तिक २० गतेसम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्रै ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

२०८० कात्तिक २० गते भन्दा परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट नहुने कम्पनीको भनाइ छ ।

यस्तै, जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी भए पश्चात (२०७८ असार २३) एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नहुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु