सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु