कुमारी बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने



best fi

काठमाडौं । कुमारी बैंकले आज २२ औं बार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले आजको सभाबाट लगानीकर्तालाई दिने भनेको १२.५० प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

बैंकले सभाबाट सञ्चालक समितिको बार्षिक प्रतिवेदन पारित गर्ने, चालु आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न सञ्चालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

सभाले नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्नेलगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । बैंकको साधारणसभा कुमारी बैंकको नक्साल शाखामा हुनेछ ।


क्लिकमान्डु