कुमारी बैंकले कर्मचारीलाई दियो २ अर्ब ११ करोड कर्जा



best fi

काठमाडौं । बैंकको जागिर अन्य जागिरको तुलनामा आकर्षक, ग्ल्यामर मान्ने गरिन्छ । बैंकमा जागिर खानेहरु ‘स्मार्ट ‍’ हुन्छन् भन्ने मान्यता रहेको छ ।

बैंकको कर्मचारीले पाउने तलब मात्रै नभएर उनीहरुले पाउने विभिन्न खाले सेवा सुविधा निकै आकर्षक मानिने गरिन्छ । त्यसैले पनि यो जागिरलाई आकर्षक मानिन्छ ।

बैंकहरुले आफ्ना कर्मचारीलाई न्यून ब्याजदरमा कर्जा तथा सापटी दिने गरेको छ । यसले पनि कर्मचारीलाई काम गर्न निकै आकर्षित गर्ने गरेको छ । बैंकमा काम गर्ने कर्मचारीले पाउन तलब, भत्ता लगायत सेवा सुविधा बढी हुनुका साथै उनीहरुले गर्ने काम पनि धेरै नै हुने गर्दछ ।

कुमारी बैंकले असार मसान्तसम्म आफ्ना कर्मचारीलाई २ अर्ब ११ करोड ७५ लाख ४२ हजार ५६३ रुपैयाँ कर्जा दिएको छ । २०७८ असार मसान्तसम्म १ अर्ब ६८ करोड ६८ लाख २७ हजार ८६३ रुपैयाँ कर्जा दिएको थियो । एक वर्षको अवधिमा बैैंकले आफ्ना कर्मचारीलाई दिने यस्तो कर्जा सुविधा २५.५३ प्रतिशते बढेको छ ।

बैंकले २०७९ असार मसान्तसम्म १ खर्ब ५६ अर्ब ४१ करोड १४ लाख ७९ हजार ४६४ रुपैयाँ कर्जा दिएको थियो । यस्तो कर्जा २०७८ असार मसान्तसम्म यस्तो कर्जा वर्ष १ खर्ब ४० अर्ब ९४ करोड ३८ लाख ४७ हजार ५०३ रुपैयाँ कर्जा तथा सापटी दिएको थियो । बैंकले सबैलाई दिने कर्जा पनि बढेको छ ।

बैंकले कर्मचारीलाई दिएको कर्जा तथा सापटीबाट १४ करोड ९३ लाख १७ हजार ३०८ रुपैयाँ ब्याज आम्दानी गरेको छ । २०७९ असार मसान्तसम्म बैंकले कर्मचारीलाई दिएको कर्जा तथा सापटीबाट १४ करोड ९३ लाख १७ हजार ३०८ रुपैयाँ ब्याज आम्दानी गरेको हो ।

२०७८ असार मसान्तमा यस्तो रकम ८ करोड ७४ लाख २७ हजार ३२५ रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु