सानिमा ग्रोथ फण्ड निष्कासन, कति दिने आवेदन ?



काठमाडौं । सानिमा बैंक कोष प्रवद्र्धक रहेको सानिमा क्यापिटलले आजदेखि सानिमा ग्रोथ फण्ड निष्कासन गरेको छ ।

फण्डले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड इकाई निष्कासन गरेको छ । जसमा १ करोड ५६ लाख इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई छुट्याइएको छ भने २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ ।
बाँकी रहेको १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

फण्डमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको छ ।


क्लिकमान्डु