तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वाेच्चको आदेश



काठमाडौं । सर्वाेच्च अदालतले स्वतन्त्र पार्टी नेपालका तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेकी तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम राखेर निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र उक्त पद लाभको पद भन्दै निर्वाचन आयोगले कात्तिक १२ गते कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध कार्कीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वाेच्च अदालतले कार्कीको पद लाभको भए/नभएको अन्तिम सुनुवाईबाट टुंगो लाग्ने भन्दै तत्काल उम्मेदवारी खारेज नगर्ने अन्तरिक आदेश जारी गरेको हो ।


क्लिकमान्डु