माओवादी घोषणापत्र: आर्थिक रुपान्तरणका लागि संविधान संशोधनको पहल (पूर्णपाठ)



काठमाडौं । नेकपा माओवादी केन्द्रले संविधान संशोधनको ठोस पहल अघि बढाउने बताएको छ ।

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र जारी गर्दै माओवादी केन्द्रले सामाजिक आर्थिक रुपान्तरण र समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो निर्वाचन प्रणाली आवश्यक रहेको उल्लेख गरेको छ ।

‘हामीले अहिले अभ्यास गर्दै आइरहेको शासकीय स्वरुप र निर्वाचन प्रणाली त्यस अनुरुप हुन नसकेकाले नेकपा माओवादी केन्द्रले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तनका लागि संविधान संशोधनको ठोस पहल अघि बढाउने छ ‘सामाजिक आर्थिक रुपमान्तरणका मुख्ख नीतिहरु शीर्षक अन्तर्गत घोषणापत्रमा भनिएको छ ।

त्यस्तै माओवादीले प्रशासन संयन्त्रको पुनसंरचना विकासको फड्को भएको भन्दै प्रशासन संयन्त्रको पुनर्संरचनाको ठोस कार्य योजना अघि बढाइने उल्लेख गरेको छ।


क्लिकमान्डु