प्रि-ओपनिङमा सामान्य अंकले बढ्यो सेयर बजार



काठमाडौं । तिहार पछि खुलेको सेयर कारोबारको पहिलो प्रि–ओपनिङमा बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.८९ अंकले बढेको छ । बजार १.८९ अंकले बढेर परिसूचक १८६०.३८ बिन्दुमा रोकिएको छ ।
१९ कम्पनीको १ हजार ९६९ कित्ता सेयर ८ लाख ४१ हजार २६७ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.६३, जलविद्युत ०.५८, माइक्रोफाइनान्स समूहको. उपसूचक १.९९ अंकले बढ्दा विकास बैंक समूहको उपसूचक ८.३५ अंकले घटेको छ ।


क्लिकमान्डु