कांग्रेसको चुनावी प्रतिबद्धता: वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी, ७ प्रतिशतको आर्थिक वृद्धि



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने सङ्कल्प गरेको छ ।

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका शनिबार संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

कांग्रेसले न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको र ‘ओम्निवस’ आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गर्ने बताएको छ ।

कांग्रेसले स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सृजना गर्ने उद्योगमैत्री वातावरण बनाउने उद्देश्य लिएको छ र अर्को दश वर्षमा विप्रेषणको आकारलाई १०-१२ प्रतिशत बिन्दूले घटाउने लक्ष्य लिएको जनाएको छ ।

कांग्रेसले कनेक्टिभिटीसँग सम्बन्धित पूर्वाधारहरुमा बहुपक्षीय लगानी जुटाइ झन्झटिला ऐन,नियम,नियम, प्रक्रियाहरुमा समय तोकेरै शृंखलावद्ध सुधार गरेर समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रहरुलाई प्रतिस्पर्धी बनाउँदै बर्षेनी लाखौंको संख्या सम्मानजनक रोजगारी सृजना गर्ने आफूहरुको प्राथमिकता रहने जनाएको छ ।


क्लिकमान्डु