नेप्सेले गर्यो नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्डको सेयर कारोबार फुकुवा



काठमाडौैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सचेत गराउँदै दुईवटा फण्डको कारोबार खुला गरेको छ ।

नेप्सेले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्डको कारोबार फुकुवा गरेको छ ।

दुवै फण्डले सेयर कारोबार भइरहेको समयमा प्रतिफल घोषणा सम्बन्धी पत्र पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको थियो ।

अब उप्रान्त त्यस्तो कमि कमजोरी नगर्ने-नगराउने प्रतिबद्धता जनाएपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।


क्लिकमान्डु