सेयर बजारमा दोहोरो अंकको सुधार, बैंकमा देखियो लगानीकर्ताको आकर्षण



काठमाडौं । तिहार अघिको अन्तिम सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने बढ्न सकेको छैन् ।

बजार १४.३५ अंकले बढेर १८५८.४९ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८८ अंकले बढेर ३६५.९३ बिन्दुमा रोकिएको छ ।

२२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा सुधार आएपनि कारोबार रकम भने खासै बढ्न सकेको छैन । पछिल्लो समय कारोबार रकमा पनि निकै घटिरहेको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक ११.०५, विकास बैंक ३३.६५, वित्त कम्पनी ४.९१, जलविद्युत समूहको उपसूचक १८.९५, जीवन बीमा ३९.०५, उत्पादन तथा प्रशोधन १०.५४, माइक्रोफाइनान्स २९.५०, निर्जीबन बीमा ९०.०९, अन्य समूहको उपसूचक ११.८५ अंकले बढेको छ ।

कारोबारमा रु रु जलविद्युत परियोजना र सयपत्री हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड–१, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्ड–२, अभियान लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, बेष्ट फाइनान्स, नबिल प्रगति फण्डका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड १६ लाख ३२ हजार ९९७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र नेपाल बैंक रहेको छ । नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार १०१ रुपैयाँ र नेपाल बैंकको ३ करोड २० लाख १८ हजार ७७० रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको कारोबारमा लगानीकर्ताको आकर्षण बैंकमा देखिएको छ ।


क्लिकमान्डु