ओलीले गरे सर्वसाधारणसँग करिब ४ घण्टा टेलिफोनमा कुराकानी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब चार घन्टा सर्वसाधारणसँग टेलिफोन संवाद गरेका छन् ।

ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गरेका हुन् ।

आफूसँग कुरा गर्नका लागि सामाजिक सञ्जालबाट आह्वान गर्दै नम्बर टिपाउन आग्रह गरेका ओलीले शुक्रबार नाम टिपाएका मध्ये केहीसँग कुरा गरेका हुन् ।

‘कल केपी बा’ नाम दिइएको कार्यक्रमका लागि २ लाख ९ हजार १ सय १६ जनाले नाम टिपाएको र ति मध्ये सबैसँग आफूले कुरा गर्न नपाएको उनले उल्लेख गरेका छन् । बाँकीसँग क्रमैसँग कुरा गर्दै जाने उनले उल्लेख गरेका छन् ।

कुराकानीबाट आफू उत्साहि भएको ओलीको भनाइ छ ।

नाम टिपाएका मध्येबाट गोला प्रथाबाट ओलीले फोन गरेका थिए । मंसिर ४ गतेको संघीय निर्वाचन नजिकिएसँगै नेताहरुले मतदातासँग नजिकिन विभिन्न क्रियाकलाप गरिरहेका छन् ।


क्लिकमान्डु