नेपाल आयल निगमले माग्यो ६० कर्मचारी



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ६० जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको हो ।

निगमले बाउजर अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत् लिखित परीक्षा लिई छनोट गर्नै निगमले जनाएको छ ।

निगमअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले आगामी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन दिन सकिने छ ।

निगमले आवेदन दिने उम्मेदवारका लागि परीक्षा दस्तुर तहअनुसार तोकेको छ । निगमले १० तहका लागि १२ सय रुपैयाँ, तह ८, ७ र ६ का लागि १ हजार रुपैयाँ, तह ५ का लागि ४ सय रुपैयाँ, तह ४ का लागि ३ सय रुपैयाँ र तहविहिनका लागि २ सय रुपैयाँ आवेदन दस्तुर तोकेको छ ।

तर, एउटै पदका लागि १ भन्दा बढी समावेशीमा आवेदन दिने भएमा प्रति समावेशी तह ६ का लागि ४ सय रुपैयाँ, तह ५ का लागि २ सय रुपैयाँ, तह ४ का लागि १५० रुपैयाँ र तहबिहिनका लाडि एक सय रुपैयाँ थप परीक्षा दस्तुर बुझाउनुपर्नेछ ।


क्लिकमान्डु