ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीको आवेदन, नबिल धितोपत्र व्यापारी र तीन कम्पनी पूर्ण कार्य गर्न इच्छुक (पुँजीसहित)



काठमाडौं । नयाँ ब्रोकरको लाइसेन्स लिनका लागि सोमबारसम्म ४५ वटा कम्पनीले सिफारिसका लागि भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्र्र्सेमा आवेदन दिएका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सोमबारसम्म नयाँ ब्रोकरको लाइसेन्स लिनका लागि ४५ वटा कम्पनी सिफारिस लिन नेप्से पुगेका हुन् ।

नेप्सेमा पुगेका कम्पनीलाई सिफारिस दिएपछि ती कम्पनीले ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डमा आवेदन दिनेछन् । ब्रोकर लाइसेन्स लिनका लागि नेप्सेको सिफारिसपछि मात्रै बोर्डमा आवेदन दिनु पर्ने भएकाले ती कम्पनीहरू सिफारिसका लागि नेप्से पुगेका हुन् ।

नयाँ ब्रोकर खोल्नका लागि सिफारिस लिने आज अन्तिम दिन हो । आजसम्म आवेदन दिएका कम्पनीबाट योग्यलाई छनौट गरेर पूर्वाधार तयार गर्न अनुमित दिने र बोर्डले तोकेको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिनेछ ।

बोर्डका अनुसार सीमित कार्य गर्नका लागि न्यूनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड चुक्ता पुँजी आवश्यक पर्छ । नेप्सेका अनुुसार सिफारिस लिने आवेदन दिएका ४५ वटा कम्पनीमध्ये
नबिल सेक्युटिजले धितोपत्र व्यापारी, सेञ्चुरी सेक्युरिटिज, मेगा सेक्युरिटिज र हिमालयन सेक्युरिटिजले पूर्ण कार्य गर्न भन्दै आवेदन दिएका छन् ।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गते ३० दिन भित्र आवेदन दिन भन्दै सूचना जारी गरेको छ ।

निवेदकले धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्ने छ ।

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको बोर्डले जनाएको छ ।

रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारबाही नहुने बोर्डले जनाएको छ । बोर्डका अनुसार सीमित कार्य गर्नका लागि न्यूनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड चुक्ता पुँजी आवश्यक पर्छ ।

बोर्डले असोज २ गते नै बस्तु विनियम बजार सञ्चालनका लागि र नयाँ स्टकका लागि पनि आवेदन माग गरेको छ । ४५ दिन भित्र आवेदन दिनुपर्ने छ । त्यसको समय कात्तिक १५ गतेसम्म रहेको छ । अहिलेसम्म कुनै पनि कम्पनीले वस्तु विनियम बजार र नयाँ स्टकका लागि आवेदन नदिएको बोर्डले जनाएको छ । बोर्ड एउटा निजी क्षेत्रको स्टकलाई र २ वटा वस्तु विनियम बजारलाई अनुमति दिने तयारी गरेको छ ।

यी हुन् आवेदन दिएका कम्पनीहरू

भोले गणेश सेक्युरिटिज लि. २१ करोड

क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड

कलश सेक्युरिटिज प्रा.लि. २० करोड

हिमालयन ब्रोकरेज कम्पनी २३ करोड

एन.एम.बी सेक्युरिटिज लि. २० करोड

के.बि.एल.सेक्युरिटिज लि. २० करोड

प्रोपर्टी विजार्ड लि. २० करोड

शेयरप्रो सेक्युरिटिज प्रा.लि. २० करोड

माछापुच्छ्रे सेक्युरिटिज लि. २३ करोड

एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड

सन सेक्युरिटिज प्रा.लि. २५ करोड

पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड

मियो सेक्युरिटिज प्रा.लि. २० करोड

मेगा स्टक मार्केट्स लि. ६० करोड

एलिट स्टक हाउस लि. २०.८० करोड

ईन्फिनिटी सेक्युरिटिज लि. २५ करोड

ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख

जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड

प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड

आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड

एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड

नबिल सेक्युरिटिज लि. १५० करोड

शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड

ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड

सानिमा सेक्युरिटिज लिमिटेड २० करोड

आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड

हिमालयन सेक्युरिटिज लि. ६० करोड

क्यापिटल हब प्रा.लि. २० करोड

गरिमा सेक्युरिटज लि. २० करोड

स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड

हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड

सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड

ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड

सनराईज सेक्युरिटिज लि. २० करोड

इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड

सजिलो ब्रोकर लि. २० करोड

मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड

ब्लुचिप सेक्युरिटिज लि. २० करोड

बेनी सेक्युरिटिज प्रा.लि. २० करोड

रोडसो सेक्युरिटिज लि. २० करोड

सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड

म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड

मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड

सेन्चुरी सेक्युरिटिज लि. ६० करोड

एप्पल सेक्युरिटिज लि. २० करोड


क्लिकमान्डु