सेयर बजारमा सामान्य गिरावट, बैंकमा लगानीकर्ताको आकर्षण



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।

बजारमा गिरावट आएपनि अघिल्ला दिनका कारोबारको तुलनामा यो दिन कारोबार रकम भने केही बढेको छ । यो दिनको कारोबारमा बजार ९.६९ अंकले घटेर परिसूचक १८६०.९४ बिन्दुमा रोकिएको छ ।

२२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । विकास बैंक समूहको उपसूचक ६०.७०, वित्त २८.१९, जलविद्युत २१.८६, जीवन बीमा ७६.२३, माइक्रोफाइनान्स ३५.४३, निर्जीबन बीमा ५६.२३, ट्रेडिङ समूहको उपसूचक २३.७९ अंकले घटेको छ । यस्तै बैंकिङ समूहको उपसूचक ३.२५, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १३.८३ अंकले बढेको छ । कारोबारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा स्टयान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै सिटिजन्स बैंक, आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, पन्चकन्या माई हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८ करोड ४७ लाख ५९ हजार ७३९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ग्रामिण विकास बैंक र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु