सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आइतबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएकोमा आइतबार २५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु