विदेशी लगानीको सीमा घट्यो, २ करोड रुपैयाँ विदेशी लगानी ल्याउन मिल्ने




काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा घटाएको छ ।

विदेशी लगानी एवम् प्रविधि हस्तान्तरण ऎन अनुसार सरकारले ५ करोड रुपैयाँभन्दा कम विदेशी लगानी ल्याउन नमिल्ने कानूनी व्यवस्था गरेको थियो ।

उक्त व्यवस्थालाई संसोधन गर्दै शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले २ करोड रुपैयाँभन्दा बढी विदेशी लगानी ल्याउन मिल्ने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले विदेशी लगानी गर्न मिल्ने सीमा घटाउने घोषणा गरेको थियो ।

आइटी उद्योगका साथै अन्य साना लगानीकर्तालाई प्रोत्साहन गर्न विदेशी लगानी गर्न मिल्ने न्यूनतम सीमा घटाइएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


क्लिकमान्डु