सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य स्थिर रही ९४ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार १ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएकोमा शुक्रबार ५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु