प्रि-ओपनिङमा झिनो सुधार, आधा लाखको कारोबार
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा झिनो सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक ०.०५ अंकले बढेर परिसूचक १८६६.५३ बिन्दुमा रोकिएको छ ।
जम्मा ६ कम्पनीको १४५ कित्ता सेयर ५२ हजार ९९८ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा जलविद्युत समूहको उपसूचक ०.३५, माइक्रोफाइनान्स समूहको उपसूचक ०.३० अंकले बढेको छ ।