किन रोकियो नबिल ब्यालेन्स्ड फण्ड-२ र नलिब इक्वीटी फण्डको सेयर कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ब्यालेन्स्ड फण्ड-२ र नलिब इक्वीटी फण्डको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेका अनुसार धितोपत्र सूचिकरण विनियमावली-२०७५ पालना नगरेको भन्दै कारोबार रोक्का भएको हो । दुवै कम्पनीले कारोबार भइरहेको समयमा लाभांश घोषणा गरेको सूचना भन्दै रोक्का नेप्सेले जनाएको छ ।

बिहीबार सेयर कारोबार भइरहेको समयमा नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ब्यालेन्स्ड फण्ड २ र नलिब इक्वीटी फण्डले ईकाइधनीलाई लाभांश घोषणा गरेका थिए ।

नबिल म्युचुअल फण्ड अन्तर्गतको ब्यालेन्स फण्ड–२ को आर्थिक वर्ष २०७८/०७९ को लागि ईकाइधनीलाई ७ प्रतिशत (कर सहित) नगद लाभांश दिने र नबिल इक्वीटी फण्डले ईकाइधनीलाई ५ प्रतिशत (कर सहित) लाभांश दिने घोषणा गरेका थिए । दुवै कम्पनीले ईकाइधनी दर्ता पुस्तिका कात्तिक १८ गते एक दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् ।


क्लिकमान्डु