सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंगलबार १२ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकोमा मंगलबार १५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु