दशैं विदामा कुन कुन पेट्रोल पम्प खुल्छन् ?



काठमाडौं। नेपाल आयल निगमले दशैं बिदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नहुने जनाएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैंको बिदामा १३ वटा डिपोहरू खुला रहने निगमले जनाएको छ ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले जनाएको छ।

निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला हुनेछन्।

प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा असोज १६, २९ र २१, वाग्मतीको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१, लुम्बिनीको भैरहवामा असोज १५, १६, १७, २१ र २२, कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१, सुदुर पश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु विदाको दिनमा खुला हुनेछ्न्।

त्यस्तै, अन्य सहरहरुमा नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि २१ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।हाल दैनिक रुपमा पेट्रोल ३५०० किलोलिटर र डिजल ५६०० किलोलिटर खपत भइरहेका छन्।


क्लिकमान्डु