सेयर बजार राताम्मे, एक कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म कायमै रह्यो ।

बजार मापन गर्ने सूचक २३.८३ अंकले घटेर परिसूचक १८१५.१३ बिन्दुमा रोकिएको छ । बजारमा निरन्तर आएको गिरावटले सूचकलाई १८ सय बिन्दुको हाराहारीमा पुगेको छ ।

२२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले घटेर ३५५.६० बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको ९.०५, विकास बैंक ४९.३१, वित्त कम्पनी ३९.०४, जलविद्युत ५०.२९, जीवन बीमा ६३.३०, उत्पादन तथा प्रशोधन ८४.४६, माइक्रोफाइनान्स ५१.२४, निर्जीबन बीमा समूहको उपसूचक ५९.१० अंकले घटेको छ ।

कारोबारमा अभियान लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै नबिल इक्विटी फण्ड,लक्ष्मी बैंक, एनआईबीएल प्रगति फण्ड, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै तेह्रथुम पावर कम्पनी, कुमारी धनवृद्धि योजना, सामुदायिक लघुवित्त वित्तीय संस्था, निफ्राका लगानीकर्ताले गुमाएका छन् ।
यस्तै कारोबार रकमका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र रिडी पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु