सशस्त्र प्रहरी बलमा विभिन्न पदमा १६२ जना कर्मचारी माग



काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा १६२ जना कर्मचारी माग गरेको छ । प्रहरी बलको प्रधान कार्यालयले आज सूचना जारी गर्दैै विभिन्न पदमा सो संख्यामा कर्मचारी माग गरेको हो ।

कार्यालयले रिक्त रहेको सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह) मा ७१ जना, सशस्त्र प्रहरी निरीक्षक (कानुन उपसमूह) मा ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) मा ८३ जना कर्मचारीको माग गरेको छ ।

कार्यालयले उक्त रिक्त पदमा योग्यता पुगेका नेपाली नागरिकहरुले १० रुपैयाँको टिकट टाँसी आफूलाई पायक पर्ने सशस्त्र प्रहरी कार्यालयमा आवेदन बुझाउन सक्नेछन् ।

कार्यालयअनुसार आवेदनका लागि आजदेखि आगामी कात्तिक ६ गतेसम्म दिन सक्नेछन् । त्यस्तै, सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह र कानुन उपसमूह) मा आवेदन दिनेहरुका लागि कार्यालयले १ हजार रुपैयाँ शुल्क तोकेको छ । साथै, समावेशी समूहतर्फ समेतको आवेदन बुझाउँदा थप प्रति समूह २० प्रतिशत रकम थप दस्तुर लाग्नेछ ।

त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह) पदका लागि आवेदन शुल्क ३ सय रपैयाँ तोेकेको छ । यदि थप समूहको लागि प्रति समूह परीक्षा दस्तुरको २० प्रतिशत रकम बुझाउनुपर्नेछ ।


क्लिकमान्डु