दशैं-तिहारका उपलक्षमा चौधरी ग्रुपले बिक्री गर्ने माइडियाका उत्पादनमा विशेष छुट



काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

नेपालमा घरायसी सामाग्रीाहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको शुभकामना सरल र सुखी जीवनलाई’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ्ग मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजीभन्दा माथि का वासिङ्ग मेसिन को खरिद मा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ ।

३४ हजार ३०० रुपैयाँसम्मको क्यासब्याक रहेको कम्पनीले जनाएको छ । यो ग्राहक योजना भदौ १५, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरुमध्ये एक हो । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्चप्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ जसमध्ये एचभिएसि, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आइओटि, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ ।

नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।


क्लिकमान्डु