सुपथ मूल्य पसल बेलुका ७ बजेसम्म खुल्ने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अब दैनिक ८ बजेदेखि बेलुका ७ बजेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले ग्राहकहरुको सहजताका लागि दैनिक ११ घण्टा पसल खोल्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीले यसअघि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, ग्राहकहरुलाई उक्त समयमा असहज भएको गुनासो आएसँगै कम्पनीले समयको अवधि बढाएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

कम्पनीले हिजोबाट देशभरका ४५ वटा बिक्री केन्द्रमार्फत् सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उक्त पसल आगामी कात्र्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।


क्लिकमान्डु