आज सर्वोच्च फर्कने तयारीमा चोलेन्द्र, रोक्ने सरकारको तयारी



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् ।

प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा थिए । तर संसदको आयु नै गएरातिदेखि सकिएको र महाअभियोग स्वत: निष्कृय भएको भन्दै जबरा सर्वोच्च फर्कने तयारी गरेका हुन् ।

जबराविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण महाअभियोग छानबिन सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट उनी सर्वोच्च फर्कन लागेका हुन् ।

तर सरकारले भने उनलाई सर्वोच्च प्रवेशबाट रोक्ने तयारी गरेको छ । प्रहरी लगाएर उनलाई सर्वोच्च प्रवेशमा रोक्ने तयारी गरिएको छ ।

उता कानुन व्यवसायीले पनि जबरालाई गेटमै रोक्ने तयारी गरेका छन् ।


क्लिकमान्डु