शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटा, गतवर्ष भन्दा कम



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति (देशमा भित्र्ने र बाहिरिने मुद्राको अन्तर) २२ अर्ब ६३ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

यस्तै चालु खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले बढेर ८० करोड ३ लाख कायम भएको छ । यस्तै खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रहेको थियो ।


क्लिकमान्डु