सरकार र निजीक्षेत्र स-साना कुरामा अल्झिएर बसे: कोइराला



काठमाडौं । पूर्व मुख्यसचिव विमल कोइरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।

बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वमुख्य सचिव कोइरालाले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुकभित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भए पनि दुवै आफ्नो आफ्नो स्वार्थ र साना–साना कुरामा अल्झेर बसेको बताए ।

कोइरालाले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भन्ने विषय स्पष्ट हुनुपर्ने बताए ।

उनले मुलुकमा उत्पादन र उत्पादकत्व बढाउनसके मात्रै समृद्धि हासिल गर्न सकिने बताए । कोइरालले पछिल्लो समय अर्थतन्त्रमा देखिको समस्याको दीर्घकालिन समाधान गर्न सरकारले आयातलाई प्रतिवन्ध भन्दा पनि उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने बताए ।

उनले नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन आवश्यक रहेको बताए । उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउनको लागि सरकारले उद्योगको संरक्षण र अन्य सुविधा दिनुपर्ने बताए ।


क्लिकमान्डु