सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु