डेढ अर्ब लगानीमा विराटनगरमा ‘लेमन ट्रि प्रिमियर’ पाँच तारे होटल खुल्ने



काठमाडौं । विराटनगरको भृकुटी चोकमा डेढ अर्ब लगानीमा ‘लेमन ट्रि प्रिमियर’ पाँच तारे होटल खुल्ने भएको छ ।

शुभ इन्टरनेशल हस्पिटालिटी प्रालिले विराटनगरमा १ अर्ब ५१ करोड ६० लाख रुपैयाँ लगानीमा पाँच तारे होटल खोल्ने भएको हो ।
कम्पनीअनुसार सन् २०२२ को अप्रिल मध्यसम्ममा ३७ प्रतिशत भौतिक तथा आर्थिक प्रगति भएको जनाएको छ ।

उक्त होटल भारतको सिमानामा भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्ने कम्पनीको भनाइ छ । होटलमा ८० वटा कोठाको व्यवस्था हुनेछ ।
होटल व्यवस्थापनको लागि भने कारनेशन होटल प्रालिसँग सम्झौता भएको छ ।

कविन श्रेष्ठको २५ प्रतिशत, विनयकुमार चौधरी अग्रवालको ३० प्रतिशत, सितादेवी चौधरी अग्रवालको ४० प्रतिशत र गंगा खतिवडाको ५ प्रतिशत स्वामित्व छ । कम्पनीको अध्यक्ष कविन श्रेष्ठ हुन् ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ८४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु