नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खुल्यो, ३ अर्ब पुँजी, कसले पाउँछन् लगानी गर्न ?



काठमाडौं । मन्त्रिपरिषदले धितोपत्र बजार संचालन विनियमावली-२०६४ स्वीकृत गरेसँगै नयाँ स्कट एक्सचेञ्ज ल्याउन बाटाे खुलेको छ ।

मन्त्रिपरिषदले उक्त नियमावली संशोधन गरेसँगै नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिनका लागि बाटो खुलेको हाे । यसअघि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सूचीकृत कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको थियाे । नयाँ खुल्ने स्टकमा प्राइभेट कम्पनीले पनि लगानी गर्न पाउनेछन् ।

अब नयाँ खुल्ने स्टकको चुक्तापुँजी ३ अर्ब रुपैयाँ हुनेछ । उक्त नियमावली अनुसार कम्पनी वा संगठित संस्थाले १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । अहिले १० प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको छ ।

अब खुल्ने स्टकमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्राइभेट कम्पनी, पब्लिक लिमिटेडले १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।


क्लिकमान्डु