अपेक्षितरुपमा देशको विकास हुन सकेन, अब त्यस्तो नहोस्ः मूख्यसचिव



काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले देशमा अपेक्षितरुपमा विकास निर्माणका काम हुन नसकेको बताए । बुधवार १९औँ निमाजति सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैरागीले विगतका कमी कमजोरीबाट शिक्षा लिँदै मुलुकको द्रुततर एवं सर्वाङ्गिण विकासमा लाग्नुपर्ने बताए ।

उनले राज्यले अघि बढाएका नीति तथा कार्यक्रमलाई सफल बनाउन र जनताको जीवनस्तरमा सुधार ल्याउन थप प्रयास गर्नुपर्ने आवश्यक्ता रहेको बताए । परम्परागत ढाँचा र सोचबाट माथि उठेर अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेका व्यवस्थापनका नयाँ आयाम, सूचना प्रविधि क्षेत्रमा आविष्कार भएका नयाँ प्रविधि र विकासका नविन मोडेललाई देश र समाज सुहाउँदो हुने गरी अवलम्वन गर्दे मुलुकलाई यथाशीघ्र रुपान्तरण गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘मुलुकमा जुन गति र स्तरमा विकास निर्माणका कार्यहरु हुनुपर्ने हो त्यो हुन सकेको छैन । हामी भन्दा धेरैपछि विकासको यात्रामा निस्किएका मुलुकहरु आज उन्नतिका शिखरमा पुगिसक्दा हामी भने अझै अति कम विकसित मुलुकबाट विकाशोन्मुख मुलुकमा स्तरोन्नति हुन संघर्ष गरिरहेका छौँ । तसर्थ विगतका कमी कमजोरीबाट शिक्षा लिँदै मुलुकको दु्रततर एवं सर्वाङ्गिण विकास लागि हामी सबै राष्ट्रसेवक थप क्रियाशील र समर्पित हुनुपर्ने अवस्था छ ।’ उनले भने ।

राज्यले अघि बढाएका नीति तथा कार्यक्रमलाई सफल बनाउन र जनताको जीवनस्तरमा सुधार ल्याउन थप प्रयास गर्नुपर्ने आवश्यक्ता रहेको र परम्परागत ढाँचा र सोचबाट माथि उठेर अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेका व्यवस्थापनका नयाँ आयाम, सूचना प्रविधि क्षेत्रमा आविष्कार भएका नयाँ प्रविधि र विकासका नविन मोडेललाई देश र समाज सुहाउँदो हुने गरेर अवलम्वन गर्दे मुलुकलाई यथाशीघ्र रुपान्तरण गर्न जरुरी उनले बताए ।

‘निजामति सेवाको अर्को विकल्प छैन, यसको विकल्प भनेको अझ उन्नत, सबल, सेवामुखी एवं जनउत्तरदायी निजामति सेवा नै हो,’ उनले भने ।


क्लिकमान्डु